वैदेशिक रोजगारीमा मृत्यु भएकाको परिवारले स्थानीय तहबाटै राहत लिन सक्ने

छहारी संवाददाता
अशोज १९, २०७६

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारले आर्थिक सहायता अब स्थानीय तहबाटै पाउने भएका छन् ।

वैदेशिक रोजगार नियमावली, २०६४ को पाँचौँ संशोधन गर्दै सरकारले स्थानीय तहबाटै आर्थिक सहायताका लागि निवेदन दिन सकिने व्यवस्था गरेकोपछि राहतका लागि काठमाडौं आउनुपर्ने समस्या अन्त्य भएको छ ।

अबदेखि वैदेशिक रोजगारीका क्रममा विदेशमा वा स्वदेश फर्किएको एक वर्षभित्र मृत्यु भएका व्यक्तिका परिवारले स्थानीय तहबाटै आर्थिक सहायताका लागि निवेदन दिए हकवालको खातामा केही दिनमा नै आर्थिक सहायता रकम जम्मा हुने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताउनुभयो।

वैदेशिक रोजगारीका क्रममा करार अवधिभित्र कुनैपनि कामदारको मृत्यु भए सरकारले सातलाख आर्थिक सहायता उपलब्ध गराउदै आएको छ । यसलाई स्थानीय तहबाटै आर्थिक सहायता दिने व्यवस्था कार्यान्वनका लागि सरकारले सार्वजनिक सूचना जारी गरिसकेको छ ।

बितेको ११ वर्षको अवधिमा सात हजार पाँच सय ८० जना मृतकका आफन्तले बैदेशिक रोजगार वोर्डबाट आर्थिक सहायत लिइसकेका छन् । सीआईएन

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*