राष्ट्रिय युवा संघ नेपालमा आरति पाठक लगायत तीन जना सदस्य छनाैट

नेपाल कम्युनिष्ट पार्टि नेकपाकाे सदस्यमा मकवानपुरबाट अारति पाठक, प्रकाश पाण्डे प्रलाेकर सुमन पाख्रिन साैगात चुनियका छन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले रामप्रसाद सापकाेटा दिपसिखाकाे संयाेजकत्व र रमेश कुमार पाैडेल सहसंयाेजकत्वमा ३३१ जना केन्द्रीय सदस्यको टुंगो लगाएकोमा सदस्यहरूमा पाठक पाण्डे र पाख्रिन चुनिएका हुन ।
तत्कालीन युवा संघ र वाइसीएल नेपालबीच एकीकरण भएर बनेको राष्ट्रिय युवा संघ नेपालले दुबै संगठनबाट प्रस्तावित सो केन्द्रीय सदस्यहरुको नामावली पारित गरेको हो ।
३३५ मध्ये रिक्त रहन गएका सदस्यहरु साविकको वाइसीएलले मनोनित गर्ने सहइन्चार्ज तथा संयोजक दीपशिखाले जानकारी दिए ।
उनका अनुसार पारित केन्द्रीय समितिको बैठक कात्तिक १८ र १९ गतेका आह्वान गर्नुका साथै कात्तिक २० र २१ गते काठमाडौंमा भेला समेत बोलाइएको छ ।







