दशैंका लागि गएरातिसम्म १९ लाख भन्दा बढिले काठमाडौं छाडे

दसैं मनाउन १९ लाख भन्दा बढी मानिसले राजधानी छाडेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका अनुसार यही असोज ५ गतेदेखि गएरातिसम्म १९ लाख ७१ हजार ८ सय ७५ यात्रु बाहिरिएका छन् ।
यो बीचमा झन्डै सात लाख यात्री राजधानी भित्रिएको महाशाखाले जनाएको छ । अहिले राजधानीमा भित्रिने क्रम भने न्यून भएको छ ।
पछिल्ला दुई दिनमा एक लाख ४० हजारको हाराहारीमा यात्रु काठमाण्डौं भित्रिएका छन् ।
अहिले उपत्यका, नागढुंगा लगायत क्षेत्रमा सुरक्षा व्यवस्था राम्रो गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक रविराज पौडेलले जानकारी दिनुभयो । उहाँले राजधानीमा एक हजार भन्दा बढी ट्राफिक प्रहरी खटाईएको जानकारी दिनुभयो ।







