सरकारले पहिरोको पुर्व सुचना प्रणाली विस्तार गर्दै

छहारी संवाददाता
अशोज १८, २०७६

सरकारले पहिरोको जोखिम भएका ठाउँहरुलाई लक्षित गर्दै पूर्व सुचना प्रणाली विस्तार गर्ने भएको छ ।

नेपालको विभिन्न क्षेत्रहरु पहिरोको दृष्टिकोणले जोखिम भएकाले बाढि आएको सुचना दिने जस्तै पहिरोको सुचना दिने प्रणालीको विस्तार गर्न लागेको हो । पुर्व सुचना प्रणालीको परिक्षणको रुपमा दोलखा र नुवाकोटमा यो प्रणाली प्रयोग गर्न सुरु गरिसकिएको छ ।

प्रणाली प्रभावकारी देखिएकाले अब देशभरी नै विस्तार गर्ने योजना बनाईएको वन तथा भूसंरक्षण विभाग अन्तरगतको संरक्षण तथा प्रविधि विकास शाखाका प्रमुख प्रकाश सिंह थापाले जानकारी दिनुभयो ।

यो प्रणालीले पहिरोको जान लागेका ठाउँको जानकारी दिने र जनधनको रक्षा गर्न सहयोग पुर्याउने उहाँको भनाई छ ।

यो प्रणाली लागु गर्न चाहाने स्थानीय तहहरुले बार्षिक कार्यक्रममै राखेर प्रयोग गर्न आवश्यक रहेको  विभागले जनाएको छ । पहिरोको जोखिम रहेका  वस्तिहरुको लागि यो प्रविधी उपयुक्त हुने प्राविधिकहरुको भनाई छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*