महरा र शाहीको सम्बन्धबारे छानबिन हुने

छहारी संवाददाता
अशोज १८, २०७६

तत्कालीन सभामुख कृष्णबहादुर महरा र रोशनी शाहीबीच चर्चामा रहेको यौन दुव्र्यवहारको घटनामा भइरहेको छानबिनबारे अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगले उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ । 

आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको सुक्ष्म अनुगमन गरी प्रतिवेदन पेश गर्न टोली गठन गरिएको जनाइएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘घटनाको अनुसन्धानका विविध पक्षका सम्बन्धमा सुक्ष्म अनुगमन गरी प्रतिवेदन पेश गर्न आयोगका निर्देशकको नेतृत्वमा आज तीन सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*