दशैंको लागि १६ लाख भन्दा बढीले काठमाडौं छाडे

छहारी संवाददाता
अशोज १८, २०७६

दसैं मनाउन १६ लाख  भन्दा बढी मानिसले राजधानी छाडेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका अनुसार यही असोज ५ गतेदेखि आज बिहानसम्म १६ लाख ५६ हजारले राजधानी छोडेका हुन् ।

यो बीचमा झन्डै सात लाख यात्री राजधानी भित्रिएको महाशाखाले जनाएको छ । अहिले राजधानीमा भित्रिने क्रम भने न्यून भएको छ । पछिल्ला दुई दिनमा एक लाख ४० हजारको हाराहारीमा यात्रु काठमाण्डौं भित्रिएका छन् ।

अहिले उपत्यका, नागढुंगा लगायत क्षेत्रमा सुरक्षा व्यवस्था राम्रो गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक रविराज पौडेलले जानकारी दिनुभयो । उहाँले राजधानीमा एक हजार भन्दा बढी ट्राफिक प्रहरी खटाईएको जानकारी दिनुभयो । सीआईएन

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*