चुरीयामाईको मुल मन्दिर क्षेत्रमा अब खानेपानीको सुबिधा

हेटौंडा उपमहनागरपालिका वडा नम्बर १४ र १५ मा पर्ने चुरीयामाईको मुल मन्दिरमा खानेपानीको सुबिधा पुगे पछि त्यस क्षेत्रका नागरिक र भक्तजनको समस्या हटेको छ ।
चुरीयामाईको मुल मन्दिरमा खानेपानीका तीन वटा धारा निर्माण गरिए पछि आजबाट समस्या हटेको हो।
खानेपानी योजनाको उद्घाटन् गर्दै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यो ऐतीहासिक स्थानमा खानेपानी योजना निर्माण गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
लगानीका हिसावले थोरै लगानी भएपनि मकवापनुर, बारा, पर्षा लगायतका क्षेत्रका भक्तजनहरु पुजा गर्न आउने स्थानमा यो योजना निर्माण गरिएको वताउनुभयो । यस मन्दिरका लागि आफुहरुले सबै खालका सहयोग गर्न तयार रहेको मेयर महतले वताउनुभयो ।
चुरीयामाई मन्दीर परिषरमा दश लाख रुपैयाँको लगानीमा तीन वटा धारा निर्माण गरिएको हो । हेटौंडा उपमहानगरपालिका, हेटौंडा खानेपानी व्यावस्थापन बोर्ड र चुरीयामाई मन्दीर व्यावस्थापन समितिको लगानीमा खानेपानीको योजना पु¥याएको हो ।
यसैगरी खानेपानीको ट्याङकी भने हेटौंडाको कालिका हार्डवयर एण्ड सप्लायर्षकमा सञ्चालक कृष्णबहादुर कार्कीले सहयोग गर्नुभएको छ ।







