दुबईमा दुर्घटनामा ज्यान गुमाउने नेपालीको संख्या ६ पुग्यो

दुबईमा भएको बस दुर्घटनामा परि ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ ।
मृत्यु हुनेमा रमेश चौधरी, दानबहादुर सत्याल, कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, दीपक विक र नयराम साउद रहेको यूएईस्थित नेपाली दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले जानकारी दिनुभयो ।
दुर्घटनामा परि ज्यान गुमाउने नेपालीहरुको नेपाली ठेगाना भने खुलेको छैन । फर्स्ट सेक्युरेटी कम्पनीमा काम गर्ने सुरक्षा कामदार बोकेको मिनिबस आज दुबईको शेख मोहमद विन जाहेद सडकमा लरीमा ठोक्किएर दुर्घटना हुँदा ६ जना नेपालीसहित ८ जनाको ज्यान गएको हो ।
ज्यान जानेमा एक पाकिस्तानी नागरिक र एक भारतीय नागरिक रहेका छन् । दुबई प्रहरीका अनुसार घाइतेमध्ये ५ भारतीय र एक जना बंगलादेशी नागरिक छन् ।
घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र सबैलाई उपचारको लागि दुबईमा रहेको अल रसिद अस्पतालमा पुर्याइएको छ । उज्यालो अनलाइन







