आज ब्रम्हचारिणी भगवतीको पूजा गरिँदै

छहारी संवाददाता
अशोज १३, २०७६

बडादशैंको दोस्रो दिन आज ब्रम्हचारिणी भगवतीको पूजा आरधना गरिँदैछ ।

बबडादशैं अन्तर्गत आजको दिन दुर्गाका स्वरूपमध्ये ब्रम्हचारिणी भगवतीको पूजा गर्ने प्रचलन छ । आज देशभरिका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भिड लागेको छ ।

काठमाडौंको गुह्वेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजु भवानीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा आज बिहानैदेखि दर्शनार्थीहरूको भिड लागेको छ ।

उपत्यकाबाहिर हेटौडाको भुटनदेबी, चुरीयामाई, सुनसरीको धरानस्थित दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभरा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यवासिनी सहितका मन्दिरमा पनि भक्तालुहरूको घुइँचो लागेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*