नेकपाले चियापानमा एक लाख भन्दा बढीलाई निम्तो गर्ने

छहारी संवाददाता
अशोज १३, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यस वर्ष चियापान कार्यक्रमका लागि एक लाख कार्ड बाँड्ने भएको छ ।

पार्टीले यही असोज २९ गते दशैँतिहार, नेपाल संवत, इद, ल्होसार र  छठ पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्नका लागि प्रदर्शनीमार्ग स्तिथ भृकुटीमण्डपमा पार्टीका कार्यकर्ता, सर्वसाधारण, राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका पदाधिकारी, संवैधानिक निकायका र उच्चपदस्थ कर्मचारीलाई निम्तो दिँदैछ ।

चियापानमा निम्ताका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षर भएको निम्ताकार्ड बाँडिने नेकपा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । गत वर्ष पनि नेकपाले त्यसै ठाउँमा चियापान कार्यक्रम आयोजना गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*