नकाैलि डाँडालाई फलफुलमय बनाउने: अध्यक्ष सविन न्याैपाने (तस्विरहरु)

असाेज,११ हेटाैंडा/ हेटाैंडा बजारसँग अति नजिक भएर पनि विकट क्षेत्र मानिने नकाैलि डाँडालाइ फलफुलमय वनाउने याेजना रहेकाे वडा नं १ का अध्यक्ष सविन न्याैपानेले बताउनुभएकाे छ ।
अधिकांश क्षेत्र जंगल र पाखावारी रहेकाे उक्त स्थानमा खेतिकाे लागि प्रयाप्त स्थान नरहेकाे हुँदा नकाैलि डाँडामा फलफुलकाे माध्यमवाट उक्त क्षेत्रका बासिन्दाहरूलाई अायअार्जनमा लगाई व्यवसायिकता तर्फ जाेड दिने न्याैपानेले बताउनुभयाे ।
व्यवसायिक कागति खेति सिपमुलक तालिमकाे समापन कार्यक्रममा बाेल्नुहुँदै न्याैपानेले अाफ्नै माटाेमा केही गर्ने जाेस जाँगर हुने हाे भने नेपाली युवाहरूले विदेश पलायन हुनुपर्ने थिएन भन्नुहुन्छ ।
महिला सशक्तिकरण तथा गरिबी निवारण समूह नेपालकाे अायाेजनामा भएकाे कागति खेति तालिममा कागतिका बिरुवा तथा अावस्यक प्रविधि हस्तान्तरण भएकाे छ । जसले उक्त ग्रामिण महिलाहरूलाई मात्र नभई पुरूषहरूलाई पनि व्यवसायिकता तर्फ लाग्न प्रेरित गरेकाे छ ।
अधिकांश जनजाति समुदायकाे बसाेवास रहेकाे उक्त क्षेत्रमा खाधान्न बालि भन्दा फलफुल वालि वढि प्रभावकारि हुने हुँदा अाफ्नाे संस्थाले कागति खेतिका लागि उक्त स्थान छनाैट गरि कार्यक्रम गरेकाे संस्थाकि अध्यक्ष ईन्दिरा न्याैपाने भन्नुहुन्छ ।
जुनसुकै काम एक्लैले नहुने र श्रीमान श्रीमती दुवैकाे उत्तिकै महत्वपुर्ण भुमिका रहने बताउनुहुँदै अध्यक्ष न्याैपाने भन्नुहुन्छ-" समूह मिलेर काम गरे कागति खेतिबाट मनग्ये अायअार्जन हुन्छ । " यसलाई अाफ्नै बालबच्चा सरह माया गरेर हुर्काउन समेत सबैलाई अाग्रह गर्नुभयाे ।
स्थानिय राज लामा, सुनिता गाेले, उत्तम तामाङ लगायतले व्यवसायिक कागति खेतिले अाफुहरूमा उत्साह थपेकाे र अाशा गरे अनुसारकाे उत्पादन गर्ने बताउनुभयाे ।
युएनडिपि तथा हेटाैडा उपमहानगरपालिककाे सहयाेगमा उक्त कार्यक्रममा प्रशिक्षक भिम प्रसाद दहाल, उधम विकास सहजकर्ताहरू अनिता चाैधरि, रितेश यादब लगायतकाकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा नजिकिदै गरेकाे दशैं तिहार तथा छठ पर्वकाे शुभकामना समेत अादान प्रदान गरिएकाे थियाे ।







