आज ४० औं विश्व पर्यटन दिवस

छहारी संवाददाता
अशोज १०, २०७६

आज ४० औं विश्व पर्यटन दिवस । हरेक वर्ष सेप्टेम्वर २७ का दिन विश्वभरी विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।

अन्तराष्ट्रिय पर्यटन दिवसको दिन पर्यटनका महत्व र सहज पहुँच अनि पर्यटनको सामाजिक, साँस्कृतिक, धार्मिक र आर्थिक फाइदाको बारेमा छलफल र जानकारी दिने गरिएको छ । 

सहज पर्यटन संसारका सबैजनाको पहँुचमा हुनुपर्ने, जसले गर्दा पृथ्वीको सौन्दर्य र विविधता अवलोकन सबैले गर्न सक्छन् भन्ने उद्देश्य लिइएको छ ।

पर्यटन दिवसको अवसरमा शुभकामना दिनुहुँदै पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले ४० औं विश्व पर्यटन दिवसबाट नेपाली पर्यटन क्षेत्रको विकास, विस्तार र स्थायित्वमा नयाँ आयाम थप होस् र आगामी वर्ष पर्यटन क्षेत्रको लागि सुखद् वर्षको रूपमा रहोस् भन्ने कामना गर्नुभएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*