उप निर्वाचनका लागि २१ दललाई चुनाव चिन्ह प्रदान

छहारी संवाददाता
अशोज १०, २०७६

निर्वाचन आयोगले मंसिर १४ गते हुने उप निर्वाचनका लागि दलहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ ।

आयोगको बैठकबाट उप निर्वाचनका लागि नयाँ दर्ता भएका २१ वटा दललाई चुनाव चिन्ह प्रदान गरिएको हो ।

आयोगले प्रेस विज्ञप्ति जारी गर्दै उप निर्वाचनका लागि नेपालको संविधानको धारा दुइ सय ७१ राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४८ बमोजिम दल दर्ता गरि निर्वाचन चिन्ह प्रदा गरेको जनाएको छ ।

उप निर्वाचनका लागि दल दर्ता गराउनेमा सत्तारुढ नेकपा, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिक सहितका रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*