क्रसर संचालनमा सार्वजनिक जग्गा प्रयाेग गरिएकाे पाईएमा कारवाहि हुने :जिसस प्रमुख खुलाल

असाेज ९, हेटाैडा/ जिल्लामा सञ्चालनमा रहेका क्रसर उधाेग तथा ढुङ्गा गिट्टि बालुवा प्लान्टहरूले प्रयाेग गर्दै अाएकाे जमिन जिल्ला समन्वय समितिले अाधिकारिक भए नभएकाे यकिन गर्ने भएकाे छ ।
निजी क्षेत्रको लगानीमा सञ्चालीत क्रसर उद्योगहरुले सरकारी जग्गा मिचेको हुनसक्ने आशंका पछि जिल्ला समन्वय समितीले जिल्लामा सञ्चालीत क्रसर उद्योगहरुलाई जग्गाको विवरण बुझ्ने भएकाे हाे ।
ब्यक्तिका निजी, सरकारी पर्ति र ऐलानी जग्गा खिचोला गरी उद्योग स्थापना गरेको पाईए त्यस्ता उद्योगहरुलाई बन्द समेत गरिने समन्वय समितीका प्रमुख रघुनाथ खुलालले बताउनुभयो ।
जिल्लाकाे समग्र विकास निर्माण, अायाेजना तथा परियाेजना सम्पन्न गर्न समेत ढुङ्गा गिट्टिकाे अावस्यकता पर्ने हुँदा अाफुलाई चारै तिरबाट संचालनका लागि दबाव पनि अाईरहेकाे बताउँदै उहाँ भन्नुहुन्छ-"ढुङ्गा गिट्टि , क्रसर तथा वालुवा प्लान्ट सञ्चालन, व्यवस्थापन तथा राजस्व संकलन सम्वन्धि सम्पुर्ण जिम्मेवारिहरू स्थानिय तहलाई सुम्पने निर्णय भएसंगै साे सम्वन्धि व्यवस्थापन कार्यलाई अघि बढाउन मापदण्ड विपरितका क्रसर उधाेग तथा बालुवा प्लान्टहरू संचालित स्थानकाे जमिन भाडा या लिज हाे हाेईन या सार्वजनिक जमिन माथिकाे थिचाेमिचाे बुझ्दै कारवाहिकाे दायरामा ल्याउने छाै ।"
केही क्रसर उद्योगहरु सरकारी जग्गा मिचेर सञ्चालन भइरहेको गोप्य सूचना पाएको समन्वय समितीले जग्गाको विवरण एकीन गरेर मात्रै कारवाही प्रकृया अघि बढाउने तयारी गरेको हो ।
जिल्लासमन्वय समितिले साेमवार र मंगलबार १० वटा क्रसर उधाेगहरूकाे र ५ वटा वालुवा प्लान्टहरूकाे अनुगमन गरेकाे थियाे । अनुगमनका क्रममा अव्यवस्थित, वेथिति रूपमा संचालित रहेकाे अवस्थामा भेटियका क्रसर उधाेगकाेहरू विना ईजाजत पनि अाखा छलेर चलिरहेकाे पाईएकाे थियाे ।
अनुगमन पश्चात जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालकाे अध्यक्षता बसेकाे वैठकले प्राकृतिक स्राेत साधन माथिकाे अधिकार स्थानिय तहलाइ अधिकार सुम्पियकाे छ ।







