सरकारले औषधी पसलको अनुगमनमा कडाई गर्ने
सरकारले औषधी पसलको अनुगमनको काममा कडाई गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवले चिकित्सकको प्रेसक्रिप्सन विना नै औषधि बिक्री वितरणको काममा भइरहेको उल्लेख गर्दै औषधि पसलको अनुगमनको काममा कडाई गर्न लागिएको जानकारी गराउनु भएको हो ।
‘वल्र्ड फर्मासिष्ट डे’ को अवसर पारेर आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा उहाँले औषधि पसलको अनुगमन तथा त्यसका सामग्रीको व्यवस्थापनका लागि सरकारले छुट्टै महाशाखा स्थापना गर्ने तयारी गरिरहेको पनि बताउनुभयो ।
औषधी पसलको अनुगमनको काम संघीय सरकार आफैंले गर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै यसको जिम्मेवारीबाट पन्छिन नमिल्ने पनि राज्यमन्त्री यादवको भनाई थियो । मन्त्री यादवले औषधि पसलको अनुगमनमा उद्योग मन्त्रालय र अर्थ मन्त्रालयबाट आवश्यक सहयोग पाउन नसकेको गुनासो पनि गर्नुभयो ।







