नेपालका मन्त्री, नेता लगायत हरेकमा मानसिक स्वास्थ्य समस्याः सभामुख श्रेष्ठ

छहारी संवाददाता
अशोज ६, २०७६

प्रदेश तिनका सभामुख सानु कुमार श्रेष्ठले नेपालका मन्त्री, नेता, सांसद लगायत समाजमा रहेका हरेक व्यक्तिमा मानसिक स्वास्थ्य समस्या रहेको बताउनु भएको छ ।

आज हेटौडामा आयोजित मानसिक स्वास्थ्यको वर्तमान अवस्था, चुनौती र अवसर विषयक अन्तरक्रियामा उहाँले यस्तो बताउनु भएको हो ।

आफुले के बोले भन्ने होस नपाउने मन्त्री, नेता हाम्रै वरिपरि रेहको बताउदै सभामुख श्रेष्ठले भन्न्नुभयो–"कुनै सभा समारोहमा जथाभावी बोल्नु पनि मानसिक समस्या हो, विषयमा आधारित अभिव्यक्ति दिनु भन्दा अनावस्यक भाषण गरिरहेको हुन्छन् । त्यो पनि समस्या हो ।"

सभामुख श्रेष्ठले नेपाली समाजमा अन्धविस्वासमा कमी आउन नसक्दा मानसिक स्वास्थ्य समस्या बढिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो– "विश्व वैज्ञानिक युगमा फड्को मारिसकेको छ तर हामी नेपाली अझै पनि झारफुक र धामीझाक्रिमा विश्वास गछौं ।" उहाँले बेलैमा समस्याको पहिचान गरी उपचार विधी न अप्नाउने हो भने मानसिक समस्याबाट मानसिक रोगी हुन बेर नलाग्ने तर्फ सचेत गराउनुभयो ।

कुनै पनि बस्तु सुन जस्तो पहेलो मात्र भएर सुनमा नगनिने भन्दै उहाँले कुरा धेरै काम कम गर्ने प्रवृत्ति पनि नेपालमा हाबी हुँदै गइरहेको बताउनु भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रम आयोगका सचिव वेदप्रसाद भट्टराईको सभाध्यक्षता रहेको थियो ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रि कैलाश ढुङ्गेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक यज्ञ प्रसाद अधिकारी, कोशिशका कानुनि सल्लाहकार शर्मिला पराजुलि, हेटौडा अस्पतालका मानसिक स्वास्थ्य मनोसामाजिक परामर्श डाक्छर सागर काफ्ले लगायत करिव ६० जनाको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*