नेपालीमा राष्ट्रियताको अभावः मन्त्रि दुलाल

छहारी संवाददाता
अशोज ६, २०७६

सामाजिक विकास मन्त्री युवराज दुलालले नेपालीमा राष्ट्रियताको अभाव भईरहेको बताउनु भएको छ ।

नेपालका हरेक सरकारी तथा गैरसरकारी निकायहरू डोनरको आशामा मात्र काम गर्ने परिपाटिको विकास हुँदै गएको कारण नेपालीहरूमा सामाजिक भावना र राष्ट्रियताको अभाव रहेको उहाँको भनाई छ ।

आज हेटौडामा आयोजित मानसिक स्वास्थ्यको वर्तमान अवस्था, चुनौती र अवसर विषयक अन्तरक्रियामा मन्त्री दुलालले परिवार समाज तथा व्यक्तिले अपनत्व  नदिएका कारण मानसिक सन्तुलन गुमाएका व्यक्तिको संख्या बढ्दै गएको धारणा राख्नुभयो ।

मानिसको स्वास्थ्य सम्वन्धि राष्ट्रिय तथा प्रादेशिक दृष्टिकोणसंगै आफ्नो कार्यालयले काम सुरू गर्ने बताउँदै उहाँले भन्नुभयो– नेपालीमा आर्थिक समस्या छैन तर योजना निर्माण र कार्यान्वयनको समस्या छ ।

मन्त्री दुलालले प्रदेश तीनमा एकीकृत स्वास्थ्य सेवा क्लिनिक सुरू गर्ने योजनामा बनाइएको जानकारी दिँदै त्यहाँबाट सबै किसिमका उपचार सेवा प्रदान हुने विस्वास दिलाउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको कार्यक्रम आयोगका सचिव वेदप्रसाद भट्टराईको सभाध्यक्षता तथा प्रदेश तीनका सभामुख सानू कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा रहेको थियो ।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रि कैलाश ढुङ्गेल, सामाजिक विकास मन्त्री युवराज दुलाल, राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक यज्ञ प्रसाद अधिकारी, कोशिशका कानुनि सल्लाहकार शर्मिला पराजुलि, हेटौडा अस्पतालका मानसिक स्वास्थ्य मनोसामाजिक परामर्श डाक्छर सागर काफ्ले लगायत करिव ६० जनाको उपस्थिति रहेको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*