अन्य अस्पतालको तुलनामा मानसिक अस्पताल ओझेलमा: मन्त्री ढुङ्गेल
आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले धेरै सरकारले धेरै संख्यामा आश्रमधान्न नसक्ने बताउनु भएको छ ।
हरेक प्रदेशमा ४ ओटा सम्म आश्रमहरू खोल्नु उपयुक्त हुने भन्दै उहाँले २/४ वटा जिल्ला समेटेर एउटा मात्र आश्रम स्थापना गरे आर्थिक, सामाजिक र मानसिक व्यवस्थापनमा सहयोग पुर्याउन सकिने बताउनुभयो ।
आज हेटौडामा आयोजित मानसिक स्वास्थ्यको वर्तमान अवस्था, चुनौती र अवसर विषयक अन्तरक्रियामा उहाँले जहाँ बढि मानवको चाप हुन्छ त्यस्ता स्थानमा मानसिक स्वास्थ्य समस्या भएकोको संख्या पनि बढि रहेको बताउनुभयो ।
उहाँले जति विकासका प्रक्रिया बढि हुन्छ मानसिक समस्यामा पनि बृद्दि हुँदै जान्छ भन्दै नेपालमा अन्य अस्पतालको तुलनामा मानसिक अस्पताल ओझेलमा परेको बताउनुभयो ।
सवैका लागि घरघरमा मानव अधिकारः शान्तिका र विकासको आधार भन्ने नाराका साथ आयोजना भएको कार्यक्रममा प्रदेश तीनका सभामुख सानु कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।







