राप्ती खाेलामा शव फेला

राप्ती खोलामा एक व्यक्तिको शव डुबेको अवस्थामा भेटिएको छ।
मनहरी गाउँपालिका ९ रजैया नजिक राप्ती खाेलामा थाहनगर बस्ने अन्दाजी २३/२४ बर्षीय अनिल बिष्टको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी गराउनु भएकाे छ ।
स्थानियले आइतबार बेलुका डुबेको अवस्थामा शव फेला परेपछि प्रहरीलाइ खबर गरेका थिए । शवलाई अहिले हेटौंडा अस्पतालमा राखिएको छ।







