शिक्षक लाइसेन्सको परिक्षा असोज ९, १० र ११ गते

छहारी संवाददाता
अशोज ५, २०७६

शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र अर्थात शिक्षक लाइसेन्सको परिक्षाको तयारी अन्तिम चरणमा पु¥याएको छ ।

यसै महिनाको ९, १० र ११ गते हुन लागेको प्राथमिक, माध्यामिक र निम्नमाध्यामिक तहको लाइसेन्स परिक्षाको तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको हो ।

प्राथमिक तहमा करिब ७६ हजार, माध्यामिक तहमा ६५ हजार र निम्नमाध्यामिक तहमा एक लाख १५ हजार भन्दा बढीले परिक्षामा सहभागि हुनका लागि आवेदन दिएका छन् ।

तीनै तहमा गरि दुई लाख ६० हजार परिक्षार्थीले सहभागि हुनका लागि आवेदन दिएको आयोगका प्रमुख प्रशासकिय अधिकृत डाक्टर तुलसी थपलीयाले जानकारी दिनुभयो ।

यसपटकको परिक्षा यसअघि भन्दा भिन्न तरिकाले हुन लागेको थपलियाको भनाई छ ।

पहिलोपटक, ७७ वटै जिल्लाका जुनसुकै ठाउँ र विदेशबाट समेत अनलाइनबाटै फारम भर्ने व्यवस्था गरिएको छ भने तीनवटै तहको परिक्षा केन्द्र ५२ जिल्लामा तोकिएका छन् । सीआइएन

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*