सरकारका कामबारे जनतालाई बुझाउन प्रधानमन्त्रीको निर्देशन

छहारी संवाददाता
अशोज ५, २०७६

प्रधानमन्त्री एवम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको कामबारे जनताका माझ प्रचारप्रसार गर्न सांसदलाई निर्देशन दिनुभएको छ ।

नेकपा संसदीय दलको आज बसेको बैठकमा सरकारले केही काम नगरेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री ओलीले सांसदलाई यस्तो निर्देशन दिनुभएको हो ।

सरकारले संविधान कार्यान्वयनका लागि नभई नहुने कानुन निर्माण गरिरहेको बताउदै सरकारले विकास निर्माणका काम गरिरहे पनि केहीले सरकारले केही नगरेको भन्दै भ्रम सिर्जना गरे पनि सरकारले गरेका राम्रा कामबारे बताउन सांसदलाई निर्देशन दिनुभएको हो । सीआईएन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*