विभिन्न क्षेत्रमा योगदान पुर्याउने ६६४ जना सम्मानित

संविधान दिवसको अवसर पारेर ६ सय ३४ जनालाई सम्मानित गरिएको छ ।
विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा सम्मानित गरिएको गृह मन्त्रालयले जनाएको छ ।
यो वर्षको संविधान दिवसको अवसरमा महा उज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) बाट स्व. मदनमणि दीक्षित र रवीन्द्रप्रसाद अधिकारीलाई सम्मानित गरिएको छ ।
वरिष्ठ साहित्यकार दीक्षित तथा पूर्व पर्यटनमन्त्री अधिकारीलाई मरणोप्रान्त यो सम्मान गरिएको हो । दीक्षितको यही साउन ३० गने निधन भएको थियो । अधिकारीको फागुन १५ गते ताप्लेजुङको चुहानडाँडामा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।
उज्ज्वल कीर्तिमय राष्ट्रदीप प्रा.डा. भगवान कोइरालासहित ८ जनालाई प्रदान गरिएको छ ।
गृह मनत्रालयका अनुसार सुप्रवल जनसेवाश्री १ सय १३, कीर्तिमय राष्ट्रदीप ७, प्रवल जनसेवा श्री (चुतर्थ) २०२, जनसेवा श्री (पञ्चम श्रेणी) ११० जनालाई प्रदान गरिएको छ । नागरिक तथा राष्ट्रसेवकले प्राप्त गर्ने अलङ्कारबाट ७ जना विभूषित हुने भएका छन् ।







