मुख्यमन्त्री पाैडेलद्वारा सहिदको सम्झना,घाईते तथा असक्त योद्धाप्रति सम्मान व्यक्त

छहारी संवाददाता
अशोज ३, २०७६

प्रदेश तीनका मु्ख्यमन्त्री डोरमणी पौडेलले संविधान जारी भएको दिनको सम्झना गर्दै चौथो संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपालीमा शुभकामना व्यक्त गर्नु भएको छ।

संविधान दिवसको अवसरमा हेटौडामा आयोजित कार्यक्रममा उहाँले देशको परिवर्तनका लागि थुप्रै योद्धाहरुले आफ्नो अमुल्य जीवनको बलिदानी दिएको स्मरण गर्दै संविधान दिवसको अवसरमा परिवर्तनको पक्षमा भएका अनेकन आन्दोलनहरुमा शहादत प्राप्त गर्ने महान शहिदहरुप्रति हार्दिक श्रदासुमन ब्यक्त गर्र्नु भएको छ । साथै उहाँले घाईते तथा असक्त योद्धाहरुप्रति सम्मान ब्यक्त गर्नु भएको छ ।

मुख्यमन्त्री पौडेलले दिनु भएको शुभकामना सन्देश

ऐतिहासिक संविधान सभाबाट संविधान जारी भएको दिन आज असोज ३ गते चौथो संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा सुख, शान्ति एवम् समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

आजको दिनसम्म आइपुग्दा यो देशको परिवर्तनका लागि थुप्रै योद्धाहरुले आफ्नो अमुल्य जीवनको बलिदानी दिनुभएको छ । संविधान दिवसको अवसरमा परिवर्तनको पक्षमा भएका अनेकन आन्दोलनहरुमा शहादत प्राप्त गर्नु भएका महान शहिदहरुप्रति हार्दिक श्रदासुमन ब्यक्त गर्दछु ।

घाईते तथा असक्त योद्धाहरुप्रति सम्मान ब्यक्त गर्दछु । यतिबेला हामी नेपाली जनताको सदियौं लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संविधानसभा मार्फत निर्माण भएको संविधान कार्यान्वयनको चरणमा छौ । यसक्रममा तीनै तहको निर्वाचन सम्पन्न भई जननिर्वाचित प्रतिनिधिहरु मार्फत शासन ब्यवस्था सञ्चालन भईरहेको छ ।

नागरिक अधिकार र राजनीतिक परिवर्तनका मुद्धाहरुलाई संविधानमा लिपिबद्ध गरेपश्चात तीनै तहको सरकार जनअपेक्षा पुरा गर्ने अभिभारा पुरा गर्न क्रियाशिल छन् । जनतालाई ब्यवस्था परिवर्तन भएको अनुभूति दिनका लागि जनताको अवस्था बदल्नुपर्छ । तदनुरुपका योजना तथा कार्यक्रम बनाउनुपर्दछ । यसका लागि प्रदेश सरकार ईमान्दारिता साथ लागि परेको छ । हाम्रा नीति तथा कार्यक्रमहरु सोहि दिशामा केन्द्रित छन् ।

संघीयता हाम्रो लागि नयाँ अभ्यास हो । यस क्रममा सिमित स्रोत र साधनवीच आरम्भ भएको हाम्रो यात्रा केहि अगाडि बढेको छ । वर्तमान संविधानले हाम्रो बाटो र गन्तब्य प्रष्ट्र पारेको छ । विकास र समृद्धि नै अहिले हाम्रो प्रमुख कार्यभार बनेको छ । प्रदेश नं ३ सरकार संघीयता कार्यान्वयनका चुनौतिहरु पन्छाउदै “सुखी नेपाली, समृद्ध नेपाल” निर्माणको संकल्प पुरा गर्न प्रतिबद्ध छ ।

यसका लागि हामी सबैको दृढ प्रतिवद्धता, इमान्दार प्रयास र मेहनतको आवश्यकता छ । संविधान दिवसले हामीलाई यस लक्ष पुरा गर्न थप प्रेरणा दिने विश्वास सहित पुनः सम्पुर्ण नेपाली जनतामा हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*