नेपालको संविधान २०७२ जारी भएको दिनको सम्झनामा (तस्विरहरु)
आज असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको दिन । यस दिनको सम्झनामा देशभर विभिन्न कार्यक्रमको आयोजना गरि चौथो संविधान दिवस मनाईदै छ ।
यसैक्रममा प्रदेश तीन सरकारले चौथो संविधान दिवसका अवसरमा र्याली तथा सभाको आयोजना गरेको छ । हेटौंडा–४ मा रहेको भुटनदेवी स्कुलको प्राङ्गणबाट सुरु भएको र्याली स्कुलरोड, बुद्धचौक हुँदै मकवानपुर क्याम्पसको प्राङगणमा पुगेर सभामा परिणत भएको छ ।
र्यालीमा प्रदेश प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री डोरमणी पौडेल, संघिय मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, समाजिक विकास मन्त्री युवराज दुलाल, प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बाँनिय लगायत मन्त्री तथा सांसदहरुको उपस्थिती रहेको थियो।
यस्तै आ–आफ्नो पहिचान झल्कने भेषभुषामा विभिन्न जातजाती, संघसंस्थामा आबद्ध व्यक्तिहरु, विद्यालयका विद्यार्थी, शिक्षक, सरकारी कार्यलयका कमर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सहभागि थिए ।
देशले इतिहासमैं पहिलो पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ असोज ३ गते नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवले (नेपालको संविधान २०७२)लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधि मार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो ।
नेपालमा हालसम्म विभिन्न समयमा गरी ६ वटा संविधान लागू भएका छन्। विगतमा त्यस अनुसार नै संविधान दिवस मनाइएको पाइन्छ। तर पछिल्लो समय नेपालको संविधान २०७२ जारी भएको दिन संविधान दिवसको सम्झनामा असोज ३ गते यो दिवस मनाइन्छ।







