अज्ञात समुहद्वारा बुद्दचाेकमा नक्कलि बम राखेर त्रसित पार्ने प्रयास

छहारी संवाददाता
अशोज ३, २०७६

हेटाैडा/ अाज विहानै हेटाैडा १ स्थित बुद्द चाेकमा प्रेसर कुकुर भित्र टुटेफुटेका ईटा राखेर खतरा संकेत गर्दै हेटाैँडाबासिलाई तर्साउने काम भएकाे छ ।

संविधान दिवसकाे एका विहानै हेटौंडा १ बुद्ध चोकमा रहेको हामो मनि ट्रान्सफर नजिक खतरा लेखिएकाे प्रेसर कुकर भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिएका छन्।

नेपाली सेनाको बम डिस्पोजल टोली आई डिस्पोज गर्ने क्रममा कुकर भित्र ईटाका टुक्राहरू भेटिएकाे हाे । यस्ताे काम संविधान विराेधिले गरेकाे अाशंका गरिएकाे छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*