संविधान दिवसकाे र्यालिमा सहभागी हुन सबैलाई आग्रह : खुलाल

छहारी संवाददाता
अशोज ३, २०७६

चौथो संविधान दिवशका अवसरमा प्रदेश ३ सरकारको आयोजनामा हुने र्याली हेटौंडा–४ स्थित भुटनदेवी स्कुलको प्राङ्गणबाट सुरु हुने छ ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख प्रदेश स्तरीय संविधान दिवश मुल समारोह समिति अन्तर्गत राजनीतिक दल, समन्वय तथा जनपरिचालन उपसमितिका संयोजक रघुनाथ खुलालले र्याली भुटनदेवी स्कुलको प्राङगणबाट बिहान ७ बजे सुरु भएर मकवानपुर क्याम्पसमा गएर मञ्चको कार्यक्रम आयोजना हुने जानकारी दिनुभयो ।

प्रदेश स्तरीयमा प्रदेशको राजधानीमा आयोजना हुने कार्यक्रममा सहभागि हुन उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

आश्विन ३ गते शुक्रबार चौथो संविधान दिवशको अवसरमा प्रदेश सरकारको आयोजनामा हुने विषेश र्यालीमा आ–आफ्नो पहिचान झल्कने पोषाकमा सहभागि भएर संविधान दिवश तथा राष्ट्रिय दिवशलाई भव्य रुपमा मनाउन उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*