संविधानको अक्षरस पालना गर्न प्रदेश तीनका मुख्यमन्त्री पौडेलको आग्रह

छहारी संवाददाता
अशोज २, २०७६

प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले संविधानको अक्षरस पालना गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । साथै नागरिकलाई समेत संविधानको पालना गर्न उहाँले आग्रह गर्नु भएको छ ।

संविधान दिवस २०७६ को अवसरमा आयोजित संविधान र संविधानवाद विषयक विचार गोष्ठिमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पौडेलले संविधान दिवस भव्यता रुपमा मनाउन आग्रह गर्नु भएको छ।

प्रदेश तीनका मुख्यन्याधिवक्ता ओम प्रसाद थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा संघिय मामिला तथा कानुनमन्त्री शालिकराम जमकटेलको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उच्च अदालत पाटन हेटौडाका न्यायधिस टेकराज नेपाल, संचारकर्मी तथा विभिन्न विद्यालयका विद्यार्थी लगायतकाको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*