डेंगु सम्वन्धि सचेतनाका लागि र्यालि

डेंगु फैलिएपछि सचेतनाको लागि हेटौंडामा र्याली आज विहान निकालिएकाे थियाे ।
देशभरि फैलिएको डेंगु रोग मकवानपुर जिल्लामा पनि फैलिँदै गएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार मकवानपुरमा हालसम्म एक हजारको संख्यामा डेंगुबाट संक्रमित भएको पाईएको छ ।
यसै क्रममा आज हेटौंडामा विभिन्न सामाजिक संघसंस्था र सरकारी निकायको संलग्नतामा डेंगुसम्बन्धी सचेतनामुलक र्याली गरिएको छ ।
र्यालीमा “लामखुट्टेको टोकाइबाट बच्न व्यक्तिगत सुरक्षाको लागि शरीर ढाक्ने लुगाा, नरिवल, तोरीको तेल वा क्रिम लगाएर मात्र घरबाहिर निस्कने बानि बसालौ ।”
जस्ता ब्यानरहरु सहित र्याली पल्पसा सभागृहबाट शुरु भई बुद्ध चोकमा पुगेर समापन भएको थियो । र्यालीपछि बुद्धचोकमा सरसफाई समेत गरिएको थियो ।
र्यालीमा प्रदेश तीनका सामाजिक विकास मन्त्री युवराज दुलाल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल लगायतको सहभागिता रहेको थियो ।
र्यालीमा हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, मकवानपुरका लायन्स क्लव, रोटरी क्लव, चुरेहिल हस्पिटल, नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुर, जेसीज, रोट्रयाक्ट क्लव, लियो क्लव, पशुपति हेल्थ क्लव, टोल विकास संस्था नगर समन्वय समिति लगायतका संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।







