मौसममा सुधार आउने मौसमविद्को अनुमान

छहारी संवाददाता
अशोज २, २०७६

सोमबारदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । वर्षाले तराईसहित अन्य क्षेत्र ढुबानमा परेको छ ।

यस्तै वर्षासँगै आएको बाढी तथा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाको मकालु गाउँपालिका–६ का २६ वर्षका शुकमाया राई रहेका छन् । खोलाले बगाएर उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै काभ्रेको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा रहेको पसल पुरिँदा तेजबहादुर तामाङका चार वर्षका छोरा दिपेशको मृत्यु भएको छ ।

लगातारको वर्षाले बाँकेका विभिन्न गाउँहरु डुबानमा परेका छन् । नेपालगञ्ज बजार पनि जलमग्न बनेको छ ।

यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अधिकांश भूभाग डुबानमा परेको छ ।

आजबाट भने मौसममा सुधार आउने मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । तर सचेत भने रहनुपर्ने उहाँको भनाइ छ । सीआईएन

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*