नगरभित्रका करिव २०० महिलाहरू व्यवसायमा संलग्न हुँदै

हेटाैडा उपमहानगरपालिकाका करिव २०० महिलाहरू व्यवसायजन्य क्रियाकलापमा संलग्न हुने भएका छन ।
महिला सशक्तिकरण तथा गरिबी निवारण समूह नेपालले सबै उधमि बनाै काेहि नछुटाै भन्ने नाराका साथ नगरभित्रका करिव २०० जना महिलाहरूलाइ उधमि बनाउने उद्देश्यले प्रारम्भिक तालिम प्रदान गरेकाे छ ।
महिलाहरूलाई व्यवसायिक याेजना निर्माण, मार्केटिङ तरिका, सुरूवाति प्रकिया, व्यवसायिक सफलताका लागि अाठ दिने तालिम प्रदान गरिसककाे समुहकि अध्यक्ष ईन्दिरा न्याैपानेले बताउनुभयाे । उहाँ भन्नुहुन्छ- नगरभित्रका पनि ग्रामिण भेगका महिलाहरूलाई व्यवसायमा संलग्न गराई अायअार्जनमा लगाउने छाैँ । "
युएनडिपि र हेटाैडा उपमहानगरपालिका कार्यालयकाे संयुक्त सहयाेगमा सञ्चालित उक्त कार्यक्रममा हेटाैडा नगरभित्रका ९ वटा वडामा कागति खेति, माेवाईल मर्मत तालिम, अटाे रिक्सा रिपेरिङ ग्यारेज सम्वन्धि तालिम , केरा खेति, कफि खेति, हाेमस्टे सन्चालन लगायतका तालिमहरू निकट समयमै प्रदान गर्ने न्याैपानेले जानकारि गराउनुभयाे ।







