माेदिकाे जन्मदिनमा प्रधानमन्त्री आेलिले दिए शुभकामना

छहारी संवाददाता
भदौ ३१, २०७६

मंगलबार मोदीको ६९ औं जन्मोत्सवकाे अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत मोदीलाई तीनवटा भाषामा शुभकामना व्यक्त गरेका हुन् । उनले अंग्रेजी, हिन्दी र गुजराती भाषामा मोदीलाई शुभकामना दिएका छन् ।

""
शुभकामनामा ओलीले मोदीको सुस्वास्थ्य, खुशीयालीपूर्ण जीवन र दीर्घायुको कामना गरेका छन् । उनले आपसी सहकार्यबाट नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई अझ मजबुत गर्दै जाने विश्वाससमेत व्यक्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*