हेटाैडा उपमहानगरपालिकामा फुल राेप्न मात्रै पाैने दुई लाखकाेे बिरुवा किनियाे

छहारी संवाददाता
भदौ ३१, २०७६

सम्झना घिमिरे/ बजार क्षेत्रमा उपमहानगरपालिकाले नगर भित्र फुल राेपेर १ लाख ७८ हजार रूपैयाँ खर्च गरेकाे छ ।

हेटाैडा उपमहानगरपालिकाका प्रमुख हरिवहादुर महतले
हेटाैडा उपमहानगरपालिकालाई फुलैफुलकाे शहर बनाउने याेजना बनाउनुभएकाे थियाे ।

साेहि याेजनालाई पुर्णता दिन महतले गतबर्षदेखि यता मात्रै १४ महिनामा ८ हजार ८ सय ३४ थान फुलका बिरुवा रोपेको छ ।

हेटौंडा उपमहानगरपालिकाले हरित शहर बनाउने योजना सहित यसबर्ष पनि फुल रोप्ने कामलाई निरन्तरता दिने भएको छ ।

उपमहानगरपालिकाले गत वर्ष ७ हजार ६१३ वटा फुल खरिद गरिसकेकाे छ भने यस बर्ष बैशाख यता ४ हजार ८ सय ५१ वटा फुलका बिरुवा खरिद गरिसकेकाे छ । हाल भने कार्यालयले अाफ्नै नर्सरि समेत व्यवस्थापन गरेकाे छ ।

शहरको सौन्दर्य बढाउन तथा वातावरणीय हिसाबले बजार क्षेत्रमा सयपत्री, डालेफुल, असारे, मुसुन्डा, बेगमबेली घन्टी जातका फुल रोप्ने काम अघि बढाइएको उपमहानगरपालिकाले जनाएको छ ।

फुल रोप्ने कामलाई यसबर्ष पनि निरन्तरता दिइने उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतले जानकारी दिनुभयो ।

उपमहानगरपालिकाले फुल राप्ने तथा स्याहार गर्नकै लागि ३ जना मालीहरुको व्यवस्था समेत गरेको छ । यसबर्ष फुल मात्र नभइ फलफुलको बिरुवा रोप्ने कार्यक्रम समेत तय गरेको प्रमुख महतको भनाइ छ ।

उपमहानगरपालिकाले कान्तिराजपथको डिभाइडर, हेटौंडा अस्पताल अगाडी, बसपार्क माछाबजार, आँखा अस्पताल रोड, जिल्ला प्रहरी कार्यालय अगाडी, राप्तीपुल नजिक, नगरपालिकारोड, देवी हलरोड लगायतका स्थानहरुमा फुल रोप्ने कार्य सम्पन्न गरिसकेको र यस बर्ष बाँकी स्थानहरुमा रोप्ने योजना रहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*