गाेलि हानि हत्या

पैसा लुट्ने उद्देश्यले दिउँसै रुपन्देहीमा आइतबार गोली हानेर एक जनाको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रोहिणी गाउँपालिका-३, रोहिणी खोला नजिकै गोली हानेर ओमसतिया-५ का ४० वर्षीय महेन्द्र कुर्मीको हत्या गरिएको छ ।
भैरहवामा रहेको बैंकबाट पैसा निकालेर घरतर्फ लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा जाँदै गरेका कुर्मीमाथि नचिनेका मान्छेको समूहले गोली हानेको हो ।
मृतक कुर्मीको बायाँ कुममा गोली लागेको छ । मृतकको साथमा रहेको ५ लाख रुपैयाँ नगद गोली प्रहार गर्नेहरुले लुटेर लगेको प्रहरीले जनाएको छ ।
गोली हान्नेको खोजी भैरहेको प्रहरीले जनाएको छ ।







