बालगृहमा मनाेविमर्शकर्ताकाे व्यवस्था गर्न माग: हिदम लामा

छहारी संवाददाता
भदौ २९, २०७६

बालगृहमा मनोविमर्शकर्ताको व्यवस्था गर्न भिमफेदि गाउपालिकाका अध्यक्ष हिदम लामाले आग्रह गर्नुभएकाे छ।

नेपाल बाल संगठन मकवानपुर शाखाले राष्ट्रिय बाल दिवसकाे अवसरमा गरेकाे विविध कार्यक्रममा बाेल्दै लामाले विभिन्न संघसंस्था र बालगृहहरु कानुनि विधि र प्रक्रिया पुर्याएर मात्र सञ्चालन गर्न जोड दिनुभएकाे हाे ।

उहाँले भन्नुभयाे-" देशको विकासका लागि भौतिक पूर्वाधारकाे मात्र विकास भएर हुदैन राष्ट्र विकासले पूर्णता पाउन सामाजिक विकास आवश्यक हुन्छ ।"

सुनिश्चित बाल अधिकार, समृद्ध अधिकारको आधार भन्ने नाराका साथ बाल संगठनको आयोजनामा भीमफेदी बालगृहमा बाल दिवस मनाएको थियाे ।

बाल दिवसको अवसरमा भीमफेदी बाल गृहका बालबालिका र स्थानीय भीम आधार बोर्डिङ स्कुलका विद्यार्थीहरुको सहभागितामा भएको खेदकुद तथा अतिरिक्त क्रियाकलाप कार्यक्रममा विजयीहरुलाई आइतबार पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएकाे थियाे ।

गाउँपालिकाका उपाध्यक्ष पार्वती रानाले बालगृहले अनाथ असहायलाई आश्रय दिएको भन्दै गाउँपालिका सहकार्य गरेर जान तयार रहेको बताउनुभयो ।

संगठनका मकवानपुर अध्यक्ष रमेश गिरीको अध्यक्षतामा भएको कार्यक्रममा खेदकुद तथा अतिरिक्त क्रियाकलाप हुनुकमे साथै प्रतियाेगिताकम विजेता तथा उपविजेताहरुलाई गाउँपालिकाका अध्यक्ष लामा, उपाध्यक्ष राना, संगठनका सल्लाहकारहरु शम्भु नकर्मी कन्हैयाकृष्ण श्रेष्ठ र बैकुण्ठ बलामीले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

संगठनको आयोजनामा यसअघि बाल दिवसकै अवसरमा हेटौँडामा विद्यालय स्तरीय दौड प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा हेटौँडा नगर क्षेत्रका विद्यालयका र भीमफेदीस्थित बाल गृहका गरी आठ जना छात्रा र ११ जना छात्रसहित प्रतियोगितामा १९ जनाले प्रतिस्पर्धा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*