शिक्षकले पार्टीको कार्यसमितिमा बस्न पाईदैनः शिक्षामन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले शिक्षकलाई राजनिति नगर भन्न नसकिने तर पार्टीको कार्यसमितिमा बसेर काम गर्न भने नदिने बताउनु भएको छ ।
सामाजिक विकास मन्त्रालयमा आयोजित सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुदृढिकरण बिषयक प्रदेश स्तरिय अन्तरक्रियामा मन्त्रि पोखरेलले भन्नुभयो–शिक्षकलाई पार्टीको कार्यसमितिमा बसेर काम गर्न हामी रोक्छौ, यदि कार्यसमितिमा बस्ने हो भने शिक्षक पेशा छोड्नुपर्छ ।
मन्त्रि पोखरेलले शिक्षकहरू नेतृत्वदायी भुमिकामा रहको भन्दै नेतृत्व सहि र सन्तुलित भए मात्र शिक्षाको स्तर वृद्दि हुने बताउनुभयो ।
शिक्षकहरूले कार्यसमितिमा बसेर पार्टिगत काम र विद्यालय दुवैमा बराबर भुमिका निर्वाह गर्न नसक्ने भन्दै उहाँले राजनितिक पार्टीमा क्रियाशिल नरहन शिक्षकहरूलाई आग्रह गर्नुभयो ।
विद्यालय रूपान्तरणको प्रक्रिया अघि बढ्न परिवार तथा व्यक्तिको महत्वपुर्ण भुमिका रहने बताउदै मन्त्रि पोखरेल भन्नुभयो– बालबच्चालाई सुशासन र सिकाई पुर्णताका लागि विधालयहरु प्रविधि मैत्रि बनाउनुपर्छ ।
मन्त्री पोखरेलले सामुदायिक बिद्यालयमा हस्ताक्षेप नगर्न स्थानीय तहलाई आग्रह समेत गर्नुभयो । मन्त्री पोखरेलले भन्नुभयो– जथाभाबि शिक्षक नियुक्ती गर्ने, सरुवा गर्ने भन्दा पनि शिक्षाको आर्थिक समस्या, भौतिक समस्या, शिक्षक बिचमा भएका गुटवन्दी अन्त्य गर्न ध्यान दिन जरुरी रहेको छ ।
उहाँले सामुदायिक बिद्यालयहरुको रुपमान्तरणमा नमुना बिद्यालयको प्रस्तुतीकरणले महत्वपूर्ण हुने वताउनु भएको छ ।
प्रदेश तिनका सामाजिक विकासमन्त्री युवराज दुलालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा, शिक्षा बिभाग, मन्त्राय, प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रतिनिधी, विभिन्न जिल्लाका शिक्षा इकाईका प्रमुख, बिद्यालयका अध्यक्ष तथा प्रधानध्यापक, शिक्षक, स्थानीइ तहका प्रमख तथा उपप्रमखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रदेशका नमुना मुलक सामुदायिक बिद्यालयहरुले आफ्ना बिद्यालय सवल हुनुको कारण सहितको प्रस्तुतीरकण गरेका थिए ।







