शिक्षालाई सिप, सिपलाई श्रम, श्रमलाई उपयोगितासंग जोड्नुपर्छः शिक्षामन्त्री पोखरेल
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शैक्षिक संस्था सिकाई केन्द्रित बनाई शिक्षालाई सिप, सिपलाई श्रम, श्रमलाई उपयोगितासंग जोडेर हिड्नुपर्ने बताउनु भएको छ ।
नेकपा पार्टी कार्यालय हेटौडामा आज साँझ भएको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्रि पोखरेलले मकवानपुरको चित्लाङमा २ वर्ष भित्र पिएचडि सम्मको अध्यापन हुने मदन भण्डारि साइन्स एण्ड टेक्नोलोजि विश्वविद्यालय बनाउने घोषणा गर्नुभयो ।
हाल देशमा ३६ हजार शिक्षकको आवस्यकता रहेको जानकारी गराउदै मन्त्री पोखरेलले भन्नुभयो– 'विश्वविधालयहरूको ऐेन संशोधन नभएसम्म शिक्षा नीति टुङ्ग्याउन समस्या छ ।'
मन्त्रि पोखरेलले अवको केही समयमै पार्टी भित्र सहमतिको पद्दतिको आधारमा महाधिवेशन गर्ने तयारी रहेको भन्दै पार्टिलाई व्यवस्थित गर्न सकिएन भने वामपन्थि धेरै समय नटिक्ने बताउनु भयो । प्रणालिगत ढंगबाट अगाडि वढ्ने हो भने मात्र पार्टीलाई टिकाउन सकिने उहाँको भनाई छ ।
पार्टिलाई व्यवस्थित गर्दै वस्तुगत धरातलमा देखिएका विषयलाई अध्ययन गरि अघि बढ्न कार्यकर्तालाई आग्रह गर्दै मन्त्री पोखरेलले समाजमा हाल हरेक क्षेत्रमा नकारात्मक कुराहरू मात्र बढि हुने गरेको र कोहि पनि सन्तुष्ट नभएको अवस्थामा पार्टि भित्रको अन्तर संघर्षको साधनको रूपमा सोसल मिडियालाई प्रयोग गर्न नहुने बताउनुभयो ।
शिक्षामन्त्री पोखरेल मकवानपुरका २ वटा विद्यालय हस्तान्तरण कार्यक्रममा सहभागी हुन हेटौडा आउन भएको हो ।
उहाँ नामटारमा रहेको कालिका माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण कार्यक्रममा सहभागी हुन भोलि बिहान ८ बजे कैंलाश गाउँपालिकाको नामटार पुग्नुहुने कार्यक्रम छ ।
त्यसपछि उहाँ प्रदेश तीनको सामाजिक विकास मन्त्रालयको आयोजनामा हुने ‘सामुदायिक विद्यालयहरुको शैंक्षिक गुणस्तर सुदृढिकरण’ विषयक प्रादेशिक अन्तक्रिया कार्यक्रममा सहभागी हनुहुनेछ भने भोली दिउँसो २ बजे हेटौंडा उपमहानगरपालिका १६ हटियामा रहेको जनप्रिय माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ ।







