सरकारको व्यवहार र मान्यतामा कुनै परिवर्तन आएको छैनः मन्त्री बाँस्कोटा

सरकारले नेपालले छिमेकी र अन्य मित्र राष्ट्रसित गरिने व्यवहार र मान्यतामा कुनै परिवर्तन नआएको प्रस्ट पारेको छ ।
सिंहदरबारमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले मित्र राष्ट्रसँग सचेततापूर्वक व्यवहार गर्दै आइरहेको बताउनुभयो ।
अमेरिकाले अगाडि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ लाई नेपालले अस्वीकार गरेको भन्ने चिनियाँ विदेश मन्त्रालयको विज्ञप्तिलाई लिएर अमेरिकाले नेपालको धारणा माग गरेको छ ।
दुईदिने नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यी फर्किएपछि बेइजिङस्थित विदेश मन्त्रालयले मंगलबार जारी गरेका प्रेस विज्ञप्ति मध्ये एउटामा नेपालले ‘आफ्नो भूमिमा चीन विरुद्ध कुनै गतिविधि हुन नदिन अमेरिकाको इन्डो–प्यासिफिक रणनीतिलाई अस्वीकार गरेको’ जनाइएको थियो ।







