अतिविशिष्ट ६ जनाले विमानस्थलभित्रै सवारी लैजान पाउने

छहारी संवाददाता
भदौ २७, २०७६

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अतिविशिष्ट ६ जनाका लागि मात्र आन्तरिक उडानतर्फ आफ्नै सवारी साधनबाट जान पाउने व्यवस्था कार्यान्वयनमा आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एक वर्षे कार्यायोजनामा सम्माननीय ‘वीग सिक्स’ लाई मात्र आन्तरिक उडानमा जहाज नजिकै आफ्नो सवारी लैजान पाउने सुविधा दिने उल्लेख गर्नुभएको थियो ।

उक्त निर्णय आजबाट कार्यान्वयनमा आएको विमानस्थल प्रशासनले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।

अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षले मात्र आफ्नो सवारी साधन आन्तरिक उडानको जहाज नजिकै लैजान पाउने भएका छन् । साथै, सम्माननीय सरह मर्यादा पाएका विदेशी समकक्षीलाई समेत उक्त सुविधा दिइएको छ ।

त्यसबाहेक अब पूर्वप्रधानमन्त्री, वहालवाला मन्त्री तथा अन्य विशिष्ट व्यक्तिले अन्य यात्रुसँगै टर्मीनलबाट जहाजसम्म बसमा यात्रा गर्नेछन् । सीआईएन

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*