कृषि गणनामा तिनै तहका सरकारको समन्वय हुनु जरुरी

छहारी संवाददाता
भदौ २६, २०७६

अब हुने कृषि गणनालाइ प्रदेश तथा स्थानीय सरकारसंग समन्वय गरि अगाडि बढाउन सरोकारवालाहरुले जोड दिएका छन् ।

केन्द्रिय तथ्यांक बिभागले आज आयोजना गरेको राष्ट्रिय कृषि गणना २०७८ मा समेटिने विषय वस्तु सम्बन्धि प्रदेश स्तरीय छलफलका सहभागीहरु यस्तो जोड दिएका हुन् ।

२०६८ माघमा हुने राष्ट्रिय कृषि गणनामा हाल कृषि क्षेत्रमा बढ्दो बिषादी प्रयोग, जमीन बाझो छाड्ने परिपाटी, कृषि बिमाको अवस्था, कृषि बजार,कृषकलाइ अनुदान तथा सिंचाइ र कृषि योग्री भुमिको अवस्था बारे सरवेक्षण गरिने बिभागका निर्देशक बद्री कार्कीले जानकारी दिनुभयो ।

यसअघी गरिदै आएको कृषि गणनामा भन्दा यसपटक थप बिषयमा समेत सर्वेक्षण गरिने उहाँले जानकारी दिनुभयो ।

देशभरका २ लाख भन्दा बढी कृषकबाट तथ्यांक संकलन गरिने कृषि गणनाले संघ, प्रदेश र स्थानीय तहका सरकारहरुलाइ योजना तर्जुमा र नीति निर्माणमा सहयोग हुने अपेक्षा विभागको छ । कार्यक्रमका सहभागीहरुले तथ्यांक विश्लेषण पछि उपयोगमा ल्याउनु पर्ने सुझाव दिएका छन् ।

प्रदेश तीन भुमि वयवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचीव योगेन्द्र कुमार कार्किको अध्यक्षतामा भएको अन्तरक्रियामा प्रदेश नीति तथा योजना आयोगका सदस्य डाक्टर रामचन्द्र ढकाल, मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, तथ्यांक कार्यालय मकवानपुरका प्रमुख राजेश दास, कृषि निर्देशनालय हेटौंडा, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालका प्रतिनिधि, कृषक लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*