डेङ्गुबाट सतर्क रहन अमेरिकाकाे आग्रह

छहारी संवाददाता
भदौ २६, २०७६

नेपाल लगायत एशिया, अफ्रिका महादेशका विभिन्न देशमा डेंगु रोगको संक्रमण बढेपछि अमेरिकाले आफ्ना नागरिकहरुलाई संंक्रमण फैलिएको मुलुमा भ्रमण गर्दा सतर्क रहन सूचित गराएको छ ।

डेङ्गुकाे प्रकाेपबाट बच्नकै लागि अमेरिकाले आफ्ना नागरिकलाई एसिया, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशको यात्रामा सतर्क रहन आग्रह गरेको छ ।

हाल नेपाल लगायत एशियाली मुलुकहरुमा यसको खतरा बढेसँगै अमेरिकाले सकेसम्म ती मुलुकहरुमा भ्रमण नगर्नु र गर्नै परे पनि लामखुट्टेबाट जोगिन आवश्यक सामग्रीहरु प्रयोग गर्न सचेत गराएको छ ।

नोटिसमा उल्लेखित मुलुकका विशेषगरी ग्रामिण भेगमा लामखखुट्टेजन्य रोगहरु जस्तै मलेरिया,डेङ्गु र चिकुनगुनियाको महामारी फैलिएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*