प्रदेश तिनकाे राजधानी र नामाकरण हिउदे अधिबेशनले टुंगो लगाउने

प्रदेश नं तिनकाे राजधानि र नामाकरणकाे बिषयमा हिउँदे अधिबेशनले टुङ्गाे लगाउने भएकाे छ ।
प्रदेशकाे राजधानि र नामाकरण गर्ने बिषयमा राजनितिक सहमति नभएकाे भन्दै सभामुख सानुकुमार श्रेष्ठले अबको हिउँदे अधिवेशनबाट भने थप समय थप नगरि राजधानी र नामाकरणकाे बिषयलाई टुङ्गाे लगाउने बताउनुभयाे ।
प्रदेशसभा गठन भएको डेढ वर्ष बितीसक्दा पनि अझै पनि राजधानीको बिषय टुङ्गीएको छैन । अाज पत्रकार सम्मेलन गर्दै साेहि कुरालाई मध्यनजर गर्दै श्रेष्ठले भन्नुभयो–‘राजधानी र नामाकरणको बिषय टुङ्गो लगाउने अधिकार प्रदेश सभाको हो । तर, राजनीतिक सहमती होस भनेर पर्खीएका हौ । अबको अधिवेशनमा टुङ्गो लगाउँछौ ।’
प्रदेश नम्बर ३ को प्रदेशसभाबाट हाल सम्म ४५ वटा बिधेयक पारित भएको छ । प्रदेश सभा गठन भएदेखि हाल सम्म ४५ वटा बिधेयक दर्ता भएर ४५ वटै बिधेयक पारित भएको हो । ४५ वटा बिधेयक मध्यमा ३८ वटा बिधेयक प्रदेश प्रमुख अनुराधा कोईरालाले प्रमाणिकरण गरिसक्नु भएको छ ।
प्रदेशसभाको बर्षे अधिवेशन सकिएसंगै चौथो अधिवेशन सकिएको हो । प्रदेश सभाको चौथो अधिवेशनबाट भने १७ वटा बिधेएक पारित भएको सभामुख सानुकुमार श्रेष्ठले वताउनुभयो । चौथो अधिवेशनमा सात वटा बिधेयकहरु दर्ता भएको उहाँले वताउनुभयो ।







