मकवानपुर सहित ५७ जिल्लामा चुच्चे ओखर खेतिको राम्रो सम्भावना

नेपालमा चुच्चे ओखरको मूल्य प्रतिकेजी दुई हजारदेखि २५ सय
छहारी संवाददाता
भदौ २६, २०७६

मकवानपुर सहित मध्य पहाडका ५७ जिल्लामा चुच्चे ओखरको खेतिको राम्रो सम्भावना रहेको कृषि विज्ञहरुले बताएका छन् ।

नेपालमा पछिल्लो ५० वर्षदेखि चुच्चे ओखरको पनि खेति भईरहेको छ । युरोपमा मात्रै खेति हुने चुच्चे ओखर दक्षिण एसियामा भने नेपाल र भारतमा राम्रो सम्भावना रहेको राष्ट्रिय फलफूल विकास केन्द्रका बागबानी अधिकृत धनबहादुर थापाले बताउनुभयो ।

चुच्चे ओखर खेतिका लागि मध्य पहाडका ५७ जिल्लामा उपयुक्त हावापानी रहेको र मध्य र उच्च पहाडका होचा पहाडहरु जहाँपनि यसको खेति गर्न सकिने थापाले जानकारी दिनुभयो । मकवानपुर, चितवन, कैलाली लगाएतका पहाडी भेगमा यसको खेति हुने उहाँको भनाई छ ।

नेपालमा चुच्चे ओखरको मूल्य प्रतिकेजी दुई हजारदेखि २५ सय

चुच्चे ओखर हेर्दा साधारण ओखर जस्तै देखिए पनि हातले नै फुटाउन सकिन्छ ।  नेपालमा यसको मूल्य प्रतिकेजी दुई हजारदेखि २५ सयमा बिक्रि भईरहेको छ ।

चुच्चे ओखरले रोपेको ७ देखि ८ वर्षपछि फल दिन थाल्छ । एक पटक रोपेपछि ५० वर्ष भन्दा बढि समय फल दिने चुच्चे ओखर एक रोपनी जमिनमा १० बोट लगाउन सकिने र एक हजार केजिसम्म उत्पादन गर्न सकिने हुन्छ ।

चुच्चे ओखरको विरुवा प्रतिगोटा ४० का दरले किर्तिपुरको राष्ट्रिय फलफूल विकास केन्द्रमा पाइन्छ । आफ्नो स्थानीय तहको सिफारिस लिएर विरुवाको लागि माग गर्न सकिने केन्द्रले जनाएको छ । पुस र माघमा मात्रै चुच्चे ओखरको बिरुवा रोप्न सकिने कृषिविज्ञहरु बताउँछन् । सीआईएन

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*