पहाडी भेगमा आज राति भारी वर्षाको सम्भावना

छहारी संवाददाता
भदौ २६, २०७६

आज देशभर मौसम आशिंकदेखि सामान्य बदली रहने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचना अनुसार आज दिउँसो देशभरी आशिंक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ सहितको वर्षा हुनेछ ।

देशका पहाडी भेगका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

आज राति देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ सहितको वर्षा हुने र मध्य तथा पश्चिमी भू भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार हाल देशभरी आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*