फिरौती संकलनको आरोपमा गृहमन्त्री बादलका भाई पक्राउ

छहारी संवाददाता
भदौ २६, २०७६

दुई वर्षअघि काठमाडौंमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा पक्राउ परेका छन्।

उनी गृहमन्त्री रामबहादुर थापा बादलका साइँला भाइ हुन्।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको ०७२ असोज २३ गते घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी हत्या गरिएको थियो।

उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई तीन महिनापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भारतबाट पक्राउ गरेर ल्याएको थियो। यिनै समीरसँग नरेशको सम्पर्क जोडिएको देखिको प्रहरीको दाबी छ।

पछिल्लो समय सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका समीरले थुनाभित्रैबाट फिरौती संकलन तिब्र बनाएको सूचना पाएपछि सीआइबीले गत साउन अन्तिमसाता उनका सहयोगीहरु पवन खड्का र सुरेन नगरकोटीलाई समातेको थियो।

प्रहरी उच्च स्रोतका अनुसार समीरले फिरौती संकलनमा खटाएका यी दुई व्यक्ति पक्राउ परेसँगै गृहमन्त्रीका भाइ नरेश अनुसन्धानमा तानिएका हुन् । कान्तिपुर दैनिकमा खबर छ।

घटना सार्वजनिक हुँदा अप्ठ्यारो पर्ने भन्दै प्रहरीले यस मामिलालाई अति गोप्य राख्न चाहेको छ। स्रोतका अनुसार गृहमन्त्रीका भाइ नरेश र पवनबीच मिलेर काम गर्नुपर्छ भन्ने आशयका सन्देश आदानप्रदान भएको देखिन्छ। कान्तिपुर दैनिकमा खबर छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*