प्रदेश तिनको बर्षे अधिवेशन सकियो, दर्ता ४५ बिधेयक मध्य ४१ वटा पारित

छहारी संवाददाता
भदौ २६, २०७६

प्रदेश तिनको बर्षे अधिवेशन सकिएको छ । मन्त्रीपरिषदको बैठकले निर्णय गरेर बर्षे अधिवेश अन्त्य गर्न पत्र पठाइएको थियो ।

प्रदेश सरकारको अनुरोधमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्ने प्रावधान अनुसार अन्त्य गरिएको हो । प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएसंगै राति १२ बजेबाट अधिवेशन अन्त्य भएको छ । 

यसैबीच हिजोको बैठकले प्रदेशमा सार्वजनिक नीजि, सहकारी साझेदारीको व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना र संचालन गर्न बनेको विधेयक २०७६ बहुमतले पारित गरेको छ ।

बैठकमा  मन्त्री कैलाश प्रसाद ढुंगेलले सार्वजनिक नीजि, सहकारी साझेदारीको व्यवस्था गर्न बनेको विधेयक २०७६ र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण प्रसाद नेपालले प्रदेशभित्र औद्योगिक व्यवसाय स्थापना र संचालन गर्न बनेको विधेयक २०७६ क्रमश पारित गरियोस् भनि प्रस्ताब राख्नु भएको थियो ।

प्रदेशसभाको चौथो अधिवेशनमा २०७६ साल बैशाख ३० गतेदेखि सुरु भई ३२ पटक बैठक संचालन भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

सो अवधिभित्र सचिवालयमा ४५ वटा विधेयक दर्ता गरिएको मध्ये हिजोको अन्तिम बैठकसम्ममा ४१ वटा विधेयक पारित गरिएको प्रदेशसभा सचिवालयले स्पष्ट पारेको छ।

पारित भएको ४१ वटा विधेयकमध्ये ३८ वटा विधेयकमा प्रदेश प्रमुख अनुराधा कोईरालाले प्रमणिकरण गरिसक्नु भएको छ ।
प्रदेशसभामा एक स्वतन्त्र सांसदसहित १०९ जना प्रदेशसभाका सदस्यहरु रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*