राष्ट्रिय सङ्कट घोषणा गर्न माग

छहारी संवाददाता
भदौ २६, २०७६

नेपाली काङ्ग्रेसका राधेश्याम अधिकारीले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगले देशभर आतङ्क सिर्जना गरेको हुँदा राष्ट्रिय सङ्कट घोषणा गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले यस्का विषयमा स्वास्थ्यमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गर्दै समयमै पहिचान गर्दा यो रोगबाट मर्नु पर्दैन भन्ने जनचेतना फैलाउन सरकारलाई सचेत गराउनुभयो ।  अधिकारीले डेङ्गु फैलने क्रमलाई राष्ट्रिय सङ्कटका रुपमा लिनुपर्ने धारणा व्यक्त गर्दै भन्नुभयो, “५६ जिल्लामा फैलिएको छ, यो रोग राष्ट्रिय महामारी हो कि होइन ? यसलाई स्वास्थ्यको सङ्कटकाल घोषणा गर्नुपर्छ कि पर्दैन, कति मान्छे मरेपछि यसले महामारीको रुप लिन्छ ।डेङ्गु रोगको नियन्त्रणका लागि सरकारले गरिरहेको कामका सम्बन्धमा स्वास्थ्यमन्त्रीको जवाफ अति जरुरी भएको उल्लेख गर्दै सांसद अधिकारीले भन्नुभयो, “सरकार कहाँ छ के गर्दैछ ?यसको महामारी रोक्न सरकारले के गर्दैछ ? स्वास्थ्य मन्त्रालय, सेना र प्रहरीको भूमिका के हो ?” उहाले डेङ्गु रोग परीक्षणको नाममा निजी अस्पतालहरुले चर्को शुल्क असुलिरहेको हुँदा परीक्षण शुल्क तोक्न सरकारसँग माग गर्नुभयो । नेकपा सासद कोमल वलीले तीन तहका सरकारले आपसमा सहकार्य गरी डेङ्गु रोगको नियन्त्रणमा तत्परता देखाउन ध्यानाकर्षण गराउँदै स्थिति भयावह भएको उल्लेख गरिन् । उहाले जनचेतना फैलाउन र भविष्यमा हुन नदिन पनि सरकारले आवश्यक कदम चाल्नुपर्ने भन्दै ध्यानाकर्षण गराउनुभयो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*