सुपथ मुल्यकाे पसल उद्घाटन

छहारी संवाददाता
भदौ २६, २०७६

दशैं तिहार र छठ पर्वलाई मध्यनजर गर्दै साल्ट ट्रे्डिङ कम्पनी लिमिटेड हेटौडा शाखाले सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको छ ।

नेपाल सरकारको अवधारणामा साल्ट ट्रे्डिङ कम्पनी लिमिटेड हेटौडा शाखाले नजिकिदै गरेको बडा दशैं दिपावली र छठ पर्वलाई लक्षित गरी वुधबार देखि सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको हो ।

मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशिले सुपथ मुल्य पसलको उद्घाटन गर्नुहुदै सम्पुर्ण मकवानपुरबासीहरुलाई सुपथ मुल्य पसलमा सामान खरीद गर्न आग्रह गर्नुभयो ।

हिन्दुहरूकाे महान चाडपर्वहरू नजिकिदै गरेकाे अवस्थामा बजारमा कालाेवजारि बढ्ने कुरालाई ईङ्गित गर्दै अाफ्नाे कार्यालयले अनुगमनका कार्य कडाईका साथ जारि गर्ने बताउनुभयाे । साथै उहाँले सम्पुर्ण ब्यबसायीहरुलाई सुपथ मुल्यमा गुणस्तरीय सामाग्री बिक्री वितरण गरी कार्वाहीमा नपर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा साल्ट ट्रे्डिङ कम्पनी लिमिटेड हेटौडा शाखाका कार्यलय प्रमुख शैलेश कुमार पाण्डेले विगत ६ वर्षदेखि साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले चाडवर्वलाई लक्षित गरी सुपथ मुल्य पसल सञ्चालन गर्दै आएको बताउनुभयो ।

यस वर्ष पनी सोही ठाउँमा सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको बताउनुभयो । शाखा प्रमुख पाण्डेले उपभोतmाहरुलाई सुपथ मुल्य पसलमा अत्याधिक सामान खरीद गर्न आग्रह गर्नुभयो । प्रमुख पाण्डेले सुपथ मुल्य पसलमा नुन, चिनी मैदा र आटाँ लगाएतका सामाग्री बिक्री वितरण गरीने जानकारी दिनुभयो ।

सुपथ मुल्य पसलमा चिनी प्रति के.जी.७२ रुपैया ,आयोडिनयुतm नुन प्रति के.जी.१८ रुपैया ,मैदा प्रति के.जी.५२ रुपैया ५० पैसा ,एस्. टी . सि. आटाँ प्रति के.जी.४९ रुपैया र सादा आटाँ प्रति के.जी ४८ रुपैयामा बिक्री वितरण गरीने साल्ट ट्रे्डिङ कम्पनी लिमिटेड हेटौडा शाखाका कार्यलय प्रमुख शैलेश कुमार पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशि , साल्ट ट्रे्डिङ कम्पनी लिमिटेड हेटौडा शाखाका कार्यलय प्रमुख शैलेश कुमार पाण्डे, कर्मचारी मधुसुधन अधिकारी, शिवशंकर श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*