डेंगुबाट देशभर ६ हजार व्यक्ति संक्रमित

प्रदेश ३ मा सबैभन्दा बढी २ हजार १० जनामा डेंगुको संक्रमण
छहारी संवाददाता
भदौ २५, २०७६

डेंगुबाट देशभर ६ हजार व्यक्ति संक्रमित भएको तथ्याङ्कले देखाएको छ ।

यो वर्ष धरानमा पहिलो पटक देखिएको डेंगुको संक्रमणबाट अहिलेसम्म ६ हजार व्यक्ति संक्रमित भएको तथ्याङ्कमा उल्लेख छ ।

साउन १ गतेदेखि भदौ २२ गतेसम्मको  तथ्याङ्क अनुसार सबैभन्दा बढी प्रदेश ३ मा २ हजार १० जनामा डेंगुको संक्रमण भेटिएको छ ।

यस्तै गण्डकी प्रदेशमा ८९६, प्रदेश १ मा ८३१, प्रदेश ५ मा ९७, प्रदेश २ मा ३९, सुदुरपश्चिम प्रदेशमा २३ र कर्णाली प्रदेशमा ३ जनामा डेंगुको संक्रमण भेटिएको छ ।

डेंगु फैलिएसँगै सामान्य ज्वरोका विरामी पनि डेंगुको आशंकामा अस्पताल पुग्ने क्रम बढेको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा मात्रै डेंगुको परिक्षण लागि मात्रै दैनिक सात सय भन्दा धेरै विरामी पुग्ने गरेको अस्पतालले जनाएको छ ।

जुनसुकै रोगको विरामी पनि ड्ेंगु परीक्षण गर्न अस्पताल पुग्दा अस्पतालमा बेडको अभाव भएको र विरामीहरुलाई समस्या हुने गरेको अस्पतालले जनाएको छ । विरामीको चाप र बेडको अभावका कारण कतिपय विरामीलाई भुँईमै सुताएर उपचार गरिएको छ ।

गत सोमबार मात्रै अस्पतालमा आएका ४ सय ४७ जना मध्य ३ सय ११ जनामा डेंगुको संक्रमण देखिएको थियो । तर डेंगु लाग्दैमा विरामीको मृत्यु नहुने भएकाले डर भन्दा पनि सावधानी अपनाउनु पर्ने अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोलाले जानकारी दिनुभयो ।

डेंगु जुनसुकै लामखुट्टेको टोकाईबाट नलाग्ने भएकाले डराउन नहुने तर सावधानी भने अपनाउनु पर्ने चिकित्सकहरुको भनाई छ ।

चिकित्सकहरुका अनुसार डेंगुको संक्रमण ज्वरो जस्तै सामान्य हो । तर लामखुट्टेको टोकाईबाट बच्न र डेंगु लागेको शंका लागे अस्पताल जान चिकित्सकहरुको सुझाब छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*