आज देशभर मौसम बदली रहने

छहारी संवाददाता
भदौ २५, २०७६

आज देशभर मौसम बदली रहने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले निकालेको सूचना अनुसार आज दिउँसो देशभरी सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा हुनेछ । देशका पूर्व र मध्य भू भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशभरी सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा हुनेछ भने देशको पूर्व देखि पश्चिम सम्मकै थोरै थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार हाल देशभरी सामान्य देखि पूर्ण बदली भई देशका पूर्वी, मध्य तथा पश्चिमी भू भागका थोरै थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*