आजको संसद बैठकमा प्रधानमन्त्रीलीले “लोक सेवा आयोग विधेयक” प्रस्तुत गर्ने

छहारी संवाददाता
भदौ २५, २०७६

संसद बैठक आज बस्दैछ ।

दिउँसो १ बजेका लागि बोलाईको बैठकमा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको राहदानी विधेयक, २०७५ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

त्यसअघि मन्त्री ज्ञवालीले राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको राहदानी विधेयक, २०७५ माथि पुर्नविचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले “लोक सेवा आयोग विधेयक, २०७५” प्रस्तुत गर्ने कार्यक्रम छ ।

“लोक सेवा आयोग विधेयक, २०७५” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने संसद सचिवालयले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*